सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा दुई किलो सात सय ग्राम चरेस सहित दुईजना पक्राउ

२०७६ असोज २०, १०:१० खबर संवाददाता

डडेल्धुरामा लागु औषध चरेस सहित दुई जना पक्राउ परेका छन्। दुई किलो सात सय ग्राम चरेश सहित जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ७ भाटगाउँका २६ वर्षीय शेरबहादुर भण्डारी र अमरगढी नगरपालिका ६ को भालुमारेका ३८ वर्षीय वीरबहादुर बोहरा रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई चेकजाँचका क्रममा चरेश सहित पक्राउ गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।   

कमेन्ट लोड गर्नुस