सुदूर नेपाललाई विश्वसँग जोड्दै

यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते

२०७६ असोज १९, ०३:३६ खबर संवाददाता

दाङमा बस दुर्घटना हुंदा ११ जना गम्भीर घाइते भएका छन्। आइतबार काठमाण्डौबाट सुर्खेत जाँदै गरेको ना ७ ख ६८४१ नम्बरको यात्रुवाहक बस दाङको लमही नगरपालिका–९ दाङ र बाँकेको सीमाना शिवखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ। चालक अनिँदो हुँदा दुर्घटना भएको अनुमान गरिएको छ। दुर्घटनामा घाइते यात्रुहरूलाई उपचारको लागि कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस