सुदूर नेपाललाई विश्वसँग जोड्दै

आफन्तसंग भेटघाट गर्न नपाएपछि कैलाली कारागारमा कैदीबन्दीको नाराबाजी

२०७६ असोज १९, ०३:०४ खबर संवाददाता

आफन्तसँग भेटघाट गर्न नदिएको भन्दै कैलाली कारागारमा कैदीबन्दीले नाराबाजी गरेका छन्। कैदीबन्दीहरुले दशैँका बेला भेटघाट गर्न आएका परिवार र आफन्तसँग भेट्न नदिएको भन्दै कारागार भित्रै नाराबाजी गरेका हुन्।

उनीहरुले  दशैँमा आफन्तहरुले मिठो मसिना खानेकुरा ल्याएर आएका भएपनि कारागार प्रशासनले फर्कादिएको आरोप लगाएका छन्। तर कारगार प्रशासनले भने सार्वजनिक विदाका भेटघाट गर्न नपाईने जनाएको छ। कारागारका निमित्त जेलर टेकबहादुर चिमाडीले चाडपर्वका समय भएपनि सार्वजनिक विदामा कैदीबन्दीलाई भेटघाट गर्न नपाउने नियम भएको बताए।

उनले दशैँमा  टीकाका लागि भेटघाट खुल्ला राख्ने प्रबन्ध मिलाईरहेको भएपनि अहिले कर्मचारी विदामा हुँदा पनि समस्या भएको जनाए। एक सय ५० जनाको क्षमता रहेको कैलाली कारगारमा अहिले पाँचजना तीन वर्ष मुनीका आश्रीत बालबालिका सहित पाँच सय दुईजना कैदीबन्दी रहेका छन्।    

कमेन्ट लोड गर्नुस