सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीमा दशैं विशेष कार्यक्रम सम्पन्न

२०७६ असोज १८, ०६:०२ खबर संवाददाता

कैलालीको गोदावरी नगरपालिकाको वडा नम्वर ७ र ८ जमुनानगरमा दशैँ, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। जमुनानगर कार्यक्रम मुल आयोजक समितीका संयोजक दानबहादुर बोगटीको सभापतित्वमा भएको कार्यक्रममा वडा नम्वर ८ का अध्यक्ष नरेश अधिकारी प्रमुख अतिथी रहेका थिए। 
कार्यक्रममा हाम्रो संस्कृति हाम्रो पहिचान नेपालका अध्यक्ष डेउडा गायक सुरत रावत डोटेली कान्छा, नेपाली लेखक संघका केन्द्रिय सदस्य टेकराज अवस्थी, डेउडा गायकहरु टेकबहादुर बोगटी,  गोबिन्द साउँद, सुरेश चोखाल, प्रेम बिबश चन्द, दिर्घ साउँद लगायतका कलाकारको प्रस्तुती रहेको थियो। यस्तै लिङ्गे पिङ, घैटो फोड कार्यक्रमको आयोजना गर्नुका साथै विभिन्न कलाकारहरुले  डेउडा खेल, पञ्चेबाजा , सखिया नृत्य, कौडा नृत्य लगायतका प्रस्तुति दिएका थिए।

 

कमेन्ट लोड गर्नुस