सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा भालुको आक्रमणबाट एक जना घाईते

२०७६ असोज १८, ०४:३० खबर संवाददाता

अछाममा भालुको आक्रमणबाट एक जना घाइते भएका छन्। जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ८ डुङला बस्ने सर्जने चलाउनेका १६ वर्षीय छोरा रन चलाउने घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

शनिबार घर लिपपोत गर्न माटो ल्याउन घर देखि टाढाको जंगलमा गएका उनलाई जंगली जनावर भालुले आक्रमण गर्दा उनको टाउको, अनुहार र दाहिने हातमा चोट लागेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय कमलबजारबाट प्रहरी हवल्दार कृष्ण धामीको कमाण्डमा खटिएको प्रहरी टोलीले घाइते चलाउनेको उद्धार गरि उपचारका लागि जिल्ला अस्पताल अछाम लगिएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस