सुदूर नेपाललाई विश्वसँग जोड्दै

सशस्त्र प्रहरी जोगाउँदै लिङ्गे पिङको संस्कृती, सुदूरपश्चिमका २५ स्थानमा पिङ निर्माण

फाईल फोटो
फाईल फोटो
२०७६ असोज १८, ११:५५ जनक विष्ट

सुदूरपश्चिममा दशैँमा एक पटक पिङ खेलेर भुई छोड्नुपर्ने प्रचलन कम हुदै गएका बेला सशस्त्र प्रहरीले भने त्यसलाई निरन्तरता दिएको छ। ऐतिहासिक महत्व समेत बोकेको लिङ्गे पिङ खेल्ने चलन घट्दै गएका बेला सशस्त्र प्रहरीले भने संरक्षण गर्दै आईरहेको हो। पुराना पुस्ताहरुमा पिङ खेल्दै दशैंमा  रमालो गर्ने प्रचलन रहेपनि नयाँ पुस्तामा पिङ प्रतिको आकर्षण कम हुदै गएको बेला सशस्त्र प्रहरीले भने निरन्ता दिईरहेको छ।

विशेष ऐतिहासिक महत्व बोकेको पिङ हाल्ने चलनलाई निरन्तरता दिदै सशस्त्र प्रहरीले संस्कृति संरक्षण गरिरहेको हो। सशस्त्र प्रहरीले कैलालीका १० स्थानमा पिङ हालेको छ भने ती पिङमा सर्वसाधारणले निःशुल्क रुपमा खेल्न पाउनेछन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक कमल तिम्सिनाले धनगढी सहित जिल्लाका १० स्थानमा पिङ हालिएको बताए।

उनले ३४ नम्बर गणले धनगढीको पूरान एयरपोर्ट, बडिमालिका जवान तालिम शिक्षालय, टीकापुरमा रहेको शिक्षालय, त्रिनगर भन्सार, ५५ नम्बर सुरक्षा गुल्म अत्तरिया, बिओपी फुलबारी, भजनी र बिओपी खक्रौँला तथा सुरक्षा बेस सहजपुर र बौनियाले पनि स्थानीयलाई लक्षित गरी पिङ हालेको जानकारी दिए।

पहिले–पहिले प्रत्येक गाउँ–गाउँमा पिङ हाल्ने चलन रहेको थियो। तर अहिले आएर ती गाउँमा एउटा पिङ पनि देख्न मुस्किल भईसकेको छ।  पिङ खेल्ने समयको सररर चचहुईको आवाज सँगैको मज्जा युवा पुस्ताले भुल्न थालेका हुन। अहिलेको युगमा मनोरञ्जनका वैकल्पिक साधनहरुको विकास हुदै जानु, पिङ हाल्ने काम झण्झटिलो र धेरै दुःख गर्नु पर्ने हुदाँ अहिलेका युवा पुस्ताले पिङ प्रति रुचि देखाउन छाडेका कारण नै लोप हुने अवस्थामा पुगेको छ।

परम्परागत रुपमा भिरमा पाईने बाबियो बाट बनाईने सीप नहुनु र यसको लागि आवश्यक पर्ने बाबियो काट्न युवाहरुले झन्झेट मान्दा समेत यो चलन लोप हुने अवस्थामा पुगेको हो। तर सशस्त्र प्रहरीले कैलाली मात्र नभएर कैलाली कञ्चनपुर सहित प्रदेशका २५ ईकाईहरुमा पिङ हालेको छ।

सशस्त्र प्रहरी बल सुदूरपश्चिम नम्बर ७ बाहिनी अत्तरियाका प्रमुख सशस्त्र प्रहरी नायब महानीरिक्षक गोविन्द क्षेत्रीले प्रदेशका २५ स्थानमा पिङ हालिएको बताए। सशस्त्र प्रहरीले ऐतिहासिक संस्कृतिका रुपमा  रहेको पिङ खेल्ने परम्परालाई निरन्तरता दिदै गएपनि नव पिढीहरुमा भने रुची हराउदै गएको भन्दै चिन्ता समेत व्यक्त गरिएको छ।  

अहिले त  पिङ देख्न मुश्किल भईसकेको छ।  सुदूरपश्चिम प्रदेशमा दशैंको समयमा धेरै युवाहरु जम्मा हुने र एक अर्कासंग खुसियाली साट्ने माध्या पिङ समेत थियो। अहिले आएर ईमेल ईन्टरनेट र फेसबुकमा नै युवा पिडि झुम्ने गरेकोले पाईएको छ।

दशैको टिकाको दिन जसरी भए पनि एक दिन पिङ चढेर धर्ती छाड्नु पर्ने मान्यता रहे पनि अहिलेका युवाहरुले पिङ खेलेर भन्दा पनि जुवा तास, मदिरा सेवन गरेर दशै मनाउन थालेका भन्दै  बुढापाकाहरु चिन्तित हुन थालेका छन् भने सशस्त्र प्रहरीले यसलाई गाउँ स्तरमा विस्तार गर्नुपर्ने माग समेत हुन थालेको छ।  

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस