सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्र बैंक धनगढीद्वारा २० करोड नयाँ नोट सटही

२०७६ असोज १७, ०६:२८ खबर संवाददाता

सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी स्थित नेपाल राष्ट्र बैंकको काउन्टरबाट एक सातामा २० करोड नयाँ नोट सटही भएको छ। राष्ट्र बैंकबाट १० करोड सर्वसाधारण र थप १० करोड विभिन्न बैंकहरुले गरि २० करोड नयाँ नोट सटही गरिएको हो।

राष्ट्र बैंक धनगढीका निर्देशक निश्चल अधिकारीका अनुसार विगतझैं यस वर्ष पनि गत शुक्रवारदेखि राष्ट्र बैंकले सर्वसाधारणको सुविधाका लागि नयाँ नोट सटही सुविधा दिएस्को थियो। राष्ट्र बैंक काउन्टर सहित विभिन्न बैंक तथा वित्तीय संस्था, नेपाल राष्ट्र बैंकले नोट कोष सञ्चालन गरेका प्रदेशस्थित वाणिज्य बैंक र नेपाल बैंंकको शाखामार्फत पनि सटही सुविधा उपलव्ध गराएको उनले बताए।

राष्ट्र बैंक धनगढी सहित कैलालीको टीकापुर, दार्चुला, बझाङ, बैतडी, डोटी, डडेल्धुरा, बाजुरा, अछाम र कञ्चनपुरमा रहेका राष्ट्र बैँकका नोट कोषबाट सटही गरिएको थियो। एक व्याक्तीले १८ हजार ५ सय रुपैया सम्म सटही गर्न पाएका थिए। ५, १०, २०, ५० र एक सय रुपैयाँ दरका नोट साट्न व्यवस्था गरिएको थियो। भोलीदेखि बैंक बन्द हुने भएकोले नयाँ नोट सटही पनि बन्द भएको छ।

कमेन्ट लोड गर्नुस