सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाण्डौका मेयर विद्यासुन्दर शाक्यलाई डेंगी भएको पुष्टि

२०७६ असोज १७, ०२:०८ खबर संवाददाता

काठमाण्डौका मेयर विद्यासुन्दर शाक्यलाई पनि डेंगी भएको पुष्टि भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनको स्वास्थ परीक्षण गरिएको थियो। परीक्षणका क्रममा उनलार्ई डेंगीको संक्रमण भएको पुष्टि भएको हो। उनलाई ब्लू क्रस अस्पताल त्रिपुरेश्वरमा भर्ना गरिएको छ। यसअघि कृषि मन्त्री चक्रपाणि खनाललाई पनि डेंगीको संक्रमण भएको थियो।

देशका धेरै ठाउँमा डेंगीको संक्रमण फैलिएको छ। डेंगीका कारण यो वर्ष सात जनाको मृत्यु भएको छ भने, सयौँ प्रभावित भएका छन्। एडिस एजिप्टाई नामक लामखुट्टेको टोकाइका कारण डेंगी लाग्छ। यो जातको लामखुट्टेले बिहान र दिउँसोको समय टोक्ने गर्छ। लामखुट्टेको टोकाइबाट जोगिनु नै यो रोगबाट बच्ने मुख्य उपाय भएको डाक्टरले बताएका छन्। 

कमेन्ट लोड गर्नुस