सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा बिचल्लीमा परेको परिवारलाई आर्थिक सहयोग

२०७६ असोज १७, ०१:५९ प्रकाश सिंह

बाजुरा–बुढिनन्दा नगरपालिका ६ कोटिलाका बेसहारा कृष्णा आउजीको परिवारलाई दशैको अबसरमा आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। श्रीमानको मृत्यु र कृष्णा अशक्क्त भएपछि चार छोराछोरी बिचल्लीमा परेका थिए। सामाजिक अभियान्ता तथा पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंहले आर्थिक संकलन गरि हस्तान्तरण गरिएको छ।

कृष्णा आउजीको परिवारलाई ८० हजार ६ सय ५० आर्थिक सहयोग गरिएको छ। उनलाई देश र बिदेश बाट सहयोग आएको थियो। नागरिक समाज कोल्टीले आयोजना गरेको दशैको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्व बाणिज्य राज्यमन्त्री कर्ण बहादुर बिक मार्फत हस्तान्तरण गरिएको हो। 

आउजीको सहयोगका लागि जापान बाट टेकेन्द्र शाही, भारतबाट नरेन्द्र शाही लगायतले आर्थिक संकलन गरेका थिए। कृष्णाका श्रीमान पलिमान आउजीको ८ महिना पहिले लडेर मृत्यु भएको थियो। कृष्णा सुत्केरी छिन्। उनका दुई छोरा र दुई छोरी छिन्।

पलिमान अरुको हलो जोतेर परिवार पाल्थे, उनको मृत्यु पछि परिवार बिच्चलीमा रहेको स्थानिय शिक्षक जनेश भण्डारीले वताए। बुवाको मृत्यु पछि निरुताका तिन भाइबहिनि नियमित बिद्यालय समेत नआउने गरको भण्डारीले वताए। घर समेत नभएका उनिहरु अरुको घर गोठमा बस्दै आएका छन्। 
 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस