सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकालीमा चार लेनको पुल निमार्णमा ढिलाई, ९ महिना म्याद थप

२०७६ असोज १७, ०१:४०

भुवन भट्ट 
कञ्चनपुरको महाकाली नदीमा बन्ने चारलेन पुलको निमार्ण कार्यमा ढिलाई भएको छ। तोकिएको समयमा निमार्ण सम्पन्न हुने नदेखिएपछि ९ महिना म्याद थप गरी निमार्ण कार्य अगाडि बढाईएको महाकाली पुल योजना कार्यालयले जनाएको छ।

आउदो वर्षको भदौ १५ गते सम्म निमार्ण गरिसक्ने गरि २०७४ मा तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाले उक्त पुलको शिलान्साल गरेका थिए। तर आगामी भदौमा निमार्ण सम्पन्न नहुने देखिएपछि २०७८ जेठ सम्मका लागि म्याद थप गरिएको सुचना अधिकारी शुलभ न्यौपानेले जानकारी दिए। 

तीन अर्व २७ करोड रकम छुट्र्याएको उक्त पुल निमार्णको अहिले सम्म ३५ प्रतिशत कार्य मात्रै सम्पन्न भएको सो कार्यालयले जनाएको छ। कार्यालयका सुचना अधिकारी न्यौपानेले यस अघि मुआब्जाको माग गर्दे स्थानीय आन्दोलीत भएपछि कार्य प्रभावित बनेको बताए।

ऐलानी जग्गाको मुआव्जाको विषयमा भएको विवाद समाधान भएसँगै निर्माणको काम सुरु गरीएको आयोजनाले जनाएको छ। अहिले सबबेस निमार्णको कार्य भईरहेको उनको भनाई  छ। आँठ सय मिटर लम्बाईमा पिल्लर उठाउने, माटो भरानको काम भईरहेको बताउदै सुचना अधीकारी न्यौपानेले तिहार पछि पानीको बहाव कम हुने र निमार्ण कार्य धमाधम अगाडी बढाइने बताए। उनले थपिएको म्याद अवधि सम्म निमार्ण गरिसक्ने दाबी समेत गरेका छन्।

कमेन्ट लोड गर्नुस