धनगढीमा १० वर्षे पौरखले फेरिएको दिपेन्द्र प्रकाशको जीवन !
दिपेन्द्र प्रकाश पन्त, बाल्यकालदेखि नै चित्र कोर्न सिपालु थिए। बाल्यकालमा स्कुल पढ्दा हुने चित्रकला प्रतियोगितामा दोस्रो भएको सम्झना पनि छैन्, दिपेन्द्रसँग। उनले कोरेका चित्रले दौतरीहरुलाई अचम्मीत पाथ्र्यो त कसैले इस्र्या पनि गर्थे। उनीहरु प्रश्न गर्थे, ‘दिपेन्द्रले कसरी यस्ता चित्र बनाउँछ यार’? संगै चल्थ्यो प्रतिस्पर्धाको आँधी, ‘पख यस पटक भने तिम्रो भन्दा राम्रो चित्र बनाएर देखाई दिन्छु।’ तर दिपेन्द्रलाई भने दौतरीहरुले कहिले जित्न सकेनन्। शिक्षकहरुले सधै दिपेन्द्रलाई हौसला दिदै जाँदा पछि दौतरीहरुको साथ पनि राम्रै मिलेको थियो दिपेन्द्रलाई।
सुरुका दिनमा मसी र कलमको सहायताले कापीमा चित्र कोर्न माहिर दिपेन्द्र मूर्ती बनाउन थाले। उनले माटोका मूर्ती बनाउँन सुरु गरेपछि स्कुलदेखि गाउँघर जताततै उनको चर्चा चुलियो। २०६४ सालतीर माटोले बनाएका भगवानका मूर्ती गाउँघरतीर १० रुपैँयामा बिक्रि गरेको सम्झना छ उनीसंग। मूर्तीको दाम १० बाट बढेर ५० रुपँैया सम्म पुग्यो। कसैले सय रुपैँया पनि दिने गर्थे।
माटोको मूर्ती संगै दिपेन्द्र गाउँमै भित्तामा समेत भगवानका मूर्ती जस्ताको त्यस्तै कोर्न सिपालु भए। मध्यम परिवारमा जन्मीएका दिपेन्द्रको स्थायी घर बैतडीको पाटन नगरपालिका वडा नम्बर ३ टुडिखाण हो। आफूसंग भएको कला देखाउदै बैतडीकै गाउँपाखामा रमाउँदै थिए दिपेन्द्र।
दिपेन्द्रका बुबा स्थायी शिक्षक थिए। पारिवारिक अवस्था ठिक ठाकै चलिरहेको थियो। स्थानीय सिगास उच्च माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्दै गरेका बेला २०६५ सालमा दिपेन्द्रको परिवारमा ठुलो बज्रपात आईलाग्यो। बुवाको अकल्पनीय निधन भयो। बुवा सधैका लागि अस्ताए पछि परिवारको सबै जिम्मेवारी दिपन्द्रको काँधमा आयो।त्यसपछिका दिन दिपेन्द्र र उनको परिवारका लागि संघर्षशिल रहे।
उनको अध्ययन पनि प्रभावित हुन पुग्यो। तरपनि दिपेन्द्र विचल्लीत भएनन्। बुवाकै प्रेरणाले चित्रकला हुँदै मूर्तीकला सम्म पुगेका दिपेन्द्रले परिवार धान्ने विकल्प खोज्न थाले। सानैदेखिको रुचीको विषय चित्रकला र मूर्तीकलाई नै दिपेन्द्रले निरन्तरता दिदै व्यवसायीकतामा लैजाने निर्णय लिए।
सोही लक्ष्य बोकेर दिपेन्द्र २०६६ सालमा धनगढी पसे। उनको सीपलाई निखार्न सहयात्री बन्यो धनगढीकै सगुन आर्ट्स। झण्डै एक वर्ष सम्म सगुन आर्ट्समै काम गरेका दिपेन्द्रले त्यहाँ आफूलाई तिखार्ने मौका त पाए तर उनलाई त्यस विषयमा थप अध्ययन र जान्ने मन थियो। जुन धनगढीमा सम्भव देखेनन्।
उनी पछि काठमाडौँ पसे तर धेरै समय उनी त्यहाँ बसेनन्। काठमाडौँबाटै धनगढीका केही आटर््स सञ्चालकसंग मिलेर काम गर्ने मौका पनि उनले पाए। काठमाडौँबाट धनगढी फर्केर दिपेन्द्रले आफ्नै पसल खोल्ने निधो गरे तर उनीसंग पर्याप्त लगानी भने थिएन्। खल्तीमा भएको चार हजारको बलले उनले धनगढीको शहिद गेटमा एउटा सटर भाडामा लिए।
त्यती बेला दिपेन्द्रले एउटा ब्रेस र पेन्ट लिएर व्यवसाय थाले। विभिन्न पसलका साईन बोर्ड, होडिङ बोर्ड बनाउने, बसमा लेख्ने देखि नम्बर प्लेट बनाउने कामबाटै उनले ग्राहकको मन जिते। तीन–चार महिनाको संघर्ष पछि दिपेन्द्रको जीवन फेरिन सुरु भईसकेको थियो। आर्थिक हैसियत पनि सुधार हुँदै गयो।
रातदिन नभनी संघर्ष गरेका उनको सीप र कलामा उर्जा थप्न सहयोगी जस्तै बने धनगढीवासी। खर्च कटाएर बचेको रकमबाट दिपेन्द्रले आधुनिक मेसिन खरिद गर्दै आफ्नो सीप र व्यवसायलाई परस्कृत गर्दै लगे। सोही व्यवसायबाट आफूसंगै घरपरिवारको दैनिक पनि चलाउँदै आए उनले। तर पछिल्लो पटक बढेको व्यस्तातले मूर्ती बनाउने फुर्सद नपाउँदा दिपेन्द्र दुःखीत छन्।
फेरी मूर्ती कलालाई पनि अगाडी बढाउने उनको योजना छ। घर खर्चसंगै दुईजना भाईबहिनीको पढाई खर्च व्यहोर्दै दिपेन्द्र बचत समेत गर्न थाले। भाई बहिनीसंगै उनले पनि पढाईलाई पनि निरन्तरता दिने सोच बनाए। पढाईमा पनि अब्बल थिए उनी। बैतडीबाटै व्यवस्थापन संकायमा १२ कक्षा उत्र्तीण गरेका दिपेन्द्रले कैलाली बहुमुखी क्याम्पसमा स्नातक भर्ना भए। व्यवस्थापन संकायमै स्नताक पढ्ने सोच बनाएर भर्ना भएपनि निरन्तरता भने दिन सकेनन्।
स्नातक तेस्रो वर्षमा पढ्दै गर्दा बिचमै पढाई छोडे। लक्ष्यबाट विचल्लीत नभई संघर्षको एक दशक बिताएका दिपेन्द्रको जीवन अहिले फेरिएको छ। विवाह समेत गरिसकेका दिपेन्द्रका एक छोरा छन्। एक दशकको संघर्षले दिएको फलले अहिले ग्राहकको विश्वास जित्न सफल भए दिपेन्द्र।
धनगढीमा सबैले पत्याउन थालेका छन् उनलाई। शहिद गेटमा अर्जुन आटर््स सञ्चालन गरिरहेका दिपेन्द्र व्यवसायलाई अझै थप परस्कृत बनाउने योजनामा छन्। उनले आटर््स व्यवसायमा अहिले सिलालेख कोर्ने कामलाई पनि निरन्तरता दिएका छन्। संगिततीर पनि रुची राख्ने दिपेन्द्रले बाध्यबाधनका समाग्रीमा हार्मोनिय मर्मत सम्भार गर्ने, बेला बखत हुने कृतन भजन जस्ता धार्मिक कार्यक्रममा सरिक हुने गर्छन्। हार्मोनिय बजाउन पनि उनी सिपालु छन्।
स्वदेशमा सम्भावना नभएको भन्दै दैनिक सयौँ युवाहरु विदेशिरहेका बेला प्रेरणाका पात्र बन्न सफल भएका छन् उनी। आफ्नै देशको माटोमा सुन फलाउन सकिन्छ भन्छन् दिपेन्द्र। ‘म कति बेला आफ्नो प्रगतीको समिक्षा गर्छु त्यतिबेला स्वदेशमै सुन फलाउन सकिने रहेछ जस्तो लाग्छ।’ दिनेश खबरसंगको कुराकानीमा उनले भने, ‘अहिले आम्दानी पनि राम्रै छ औसतमा मासिक ७० देखि ८० हजार आम्दानी हुन्छ, सन्तुष्ट नै छु।’
देशमा केही छैन् भनेर विदेशिने युवाहरुलाई उनको सन्देश छ, ‘देशमा केही होईन धेरै थोक छ।’ उनले भने, ‘त्यसका लागि के छ ? भन्ने कोणबाट सोच्नुपर्छ अध्ययन गर्नुपर्छ, अनी मात्र के छ भन्ने कुराको निष्कर्ष निकाल्न सकिन्छ। र थाहा हुन्छ।’ केही छैन् भन्ने आम धारणा र बुझाई नै गलत भएको उनी बताउँछन्।
प्रयास नै नगरी केही छैन् भन्ने प्रवृत्ति गलत भएको दिपेन्द्रको भनाई छ। गाउँघरमा सानो तिनो काम गर्न लजाउने तर बाहिर गएर जस्तोसुकै काम गर्न पनि तयार हुने कुरा नै गलत छ। उनको आग्रह छ। ‘विदेश नजाऔँ, देश बनाऔँ।’ आफूमा भएको क्षमता चिनौँ र प्रयोग गरौँ।