सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा आजदेखि रमाईलो मेला

२०७६ असोज १७, ०६:४७ खबर संवाददाता

धनगढी उप–महानगरपालिका वडा नम्वर २ मा झण्डै तीन करोडको लगानीमा स्थापना गरिएको रमाईलो मेला तथा बाल उद्यान आजदेखि सञ्चालन हुने भएको छ। धनगढीमा यसअघि सञ्चालनमा रहेको फन पार्क भित्रै बाल उद्यान स्थापना गरिएको हो।

बाल उद्यानमा खेल्नका लागि ड्यासिङ कार, डुङगा, रोटे पिङ, चर्का, ब्रेक डान्स लगायत राखिएको सञ्चालक श्याम विष्टले बताए। आज औपचारिक रुपमा उद्धघाटन कार्यक्रम रहेको उनले जानकारी दिए। 

‘आज प्रवेश शुल्क लाग्ने छैन् भने १८ गतेदेखि ५० रुपैँया प्रवेश शुल्क लाग्ने छ।’ विष्टले भने। यसअघि २०७५ साल बैशाख १४ गते जलविहार गर्नका लागि विभिन्न सुविधा सहितको फन पार्कको स्थापना गरिएको थियो। 

 

कमेन्ट लोड गर्नुस