सुदूर नेपाललाई विश्वसँग जोड्दै

झुलाघाट पक्की पुल निर्माण : अनसनको २६ औँ दिन पनि ३१ जनाकोे ऐक्यबद्धता

२०७६ असोज १६, ०३:३९ खबर संवाददाता

बैतडीको झुलाघाटमा पक्की पुल निर्माणको माग गर्दै विगत २६ दिनदेखि अनसन जारी रहेको छ। बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दको संयोजकत्वमा गठित पुल निर्माण संघर्ष समितिले सुरु गरेको अनसनमा स्थानीयको ऐक्यवद्धता बढ्दै गएको छ। २६ औँ दिन आज पनि विभिन्न क्षेत्रबाट जिल्ला प्रशासन कार्यालय पुगेका ३१ जनाले अनसनमा सहभागिता जनाउँदै ऐक्यवद्धता जनाएका छन्।

पुल निर्माण संघर्ष समितिका अध्यक्ष नरबहादुर चन्दले बैतडीका विभिन्न स्थानबाट अनसन स्थल जिल्ला प्रशासन कार्यालयमै पुगेर ३१ जनाले ऐक्यवद्धता जनाएको बताए। सार्वजनिक विदाका दिन बाहेक दशैँका बेला समेत अनसन जारी राख्ने संघर्ष समितिले जनाएको छ।

तर सरकार भने माग सम्बोधनका विषयमा उदासिन बनेको छ। बैतडीबासीले झुलाघाटमा पक्की पुल निर्माण माग गर्दै दुई दशकदेखि शान्तिपूर्ण रुपमा दबाब दिदै आएका थिए। तर शान्तिपूर्ण आन्दोलनले कुनै सुनवाई नभएपछि गत २२ गतेदेखि रिले अनसन सुरु गरिएको भएपनि सरकार भने उक्त विषयमा बेखबर रहेको छ। 

कमेन्ट लोड गर्नुस