सुदूर नेपाललाई विश्वसँग जोड्दै

दशैँका लागि धनगढीका डिपार्टमेण्टल स्टोरद्वारा अफर सार्वजनिक

२०७६ असोज १६, ०३:३० कमल सावद

धनगढीमा रहेका डिपार्टमेन्टल स्टोरहरुले चाडपर्व लक्षित खरिद योजनामा विशेष छुटको व्यवस्था गरेका छन्। प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीमा सञ्चालनमा रहेको डिपार्टमेन्टल स्टोरहरुले सामान खरिदमा दशैँ तिहार लक्षित विशेष छुट योजना ल्याएका हुन्।

प्रदेशकै प्रमुख व्यापारिक केन्द्र धनगढीमा सञ्चालनमा रहेका तीन वटा डिमार्टमेन्टल स्टोहरुले दशैँ तिहार छुट योजना ल्याएका हुन्। धनगढी मुख्य बजार र हसनपुरमा रहेको ओम ट्रेड, कैलाली पुल नजिकको चौलानी डिपार्टमेन्टल स्टोर र चौराहमा रहेको समैजी स्टोरले चाडपर्व लक्षित छुट योजना ल्याएका हुन्। उनीहरुले बिक्रि गर्ने सामानमा दशैँ तिहारको अवसरमा सहुलियतको व्यवस्था गरेका हुन्।

धनगढीको मुख्य बजार कैलाली पुल नजिक रहेको चौलानी डिपार्टमेन्टल स्टोरले विभिन्न सामानमा सहुलियतको व्यवस्था गरेको छ। चौलानीले भान्साका सामानमा १० प्रतिशत छुट, श्रींगारमा १० देखि ५० प्रतिशत र जुक्ता–चप्पलमा १० देखि ७५ प्रतिशत छुटको व्यवस्था गरिएको स्टोरका प्रमुख व्यवस्थापक शेखर श्रेष्ठले बताए। ‘प्रत्येक सामानमा छुटको व्यवस्था गरेका छौ,’ उनले भने, ‘दुई हजार पाँच सयको सामान खरिद गरे स्वमिङपुलको टिकट निःशुल्क दिने व्यवस्था पनि राखेका छौ।’

 

धनगढीको मुख्य बजार र हसनपुरमा रहेको ओम ट्रेडले पनि दशै तिहारमा छुटको व्यवस्था गरेको छ। गिफ्टका सामानमा २० प्रतिशत, भान्साका सामानमा ७ प्रतिशत, लुगामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। ईलोक्टोनिक्स, श्रींगार र किरानाका सामानमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको ओम ट्रेड डिपार्टमेन्टल स्टोरका व्यवस्थापक सागर खड्काले बताए।

यस्तै धनगढी चौराहमा रहेको समैजी स्टोरले सबै सामानमा २० प्रतिशत छुटको व्यवस्था गरेको छ। किराना पसलबाट सुरु भएको स्टोरमा अहिले किरानासंगै, पुजाका सामान, फेन्सी, प्लास्टीक, श्रीगांरका सामानहरु खरिद पाईने स्टोरका सञ्चालक भवानीसिँह भण्डारीले बताए। ‘दैनिक उपभोग्य सामानसंगै, खाने र लगाउने लगायतका सामानहरु स्टोरमा पाईन्छ,’ उनले भने ‘२० प्रतिशत सबै सामानमा छुटको व्यवस्था गरेका छौ, पुनारो स्टोर भएकाले दशैँ तिहारमा उपभोक्ताको संख्या पनि धेरै छ।’

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस