सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको झुलाघाट नाका आजदेखि तीन दिन बन्द हुने

२०७६ असोज १६, १२:४८ खबर संवाददाता

बैतडीको झुलाघाट नाका आजदेखि तीन दिनका लागि बन्द हुने भएको छ। भारतको पिथौरागढ जिल्लामा अक्टोबर ५ तारेख मा हुने जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य चुनावका लागि झुलाघाट नाका तीन दिनका लागि १८ गते सम्म बन्द हुने भएको हो। बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले आल साँझ ५ बजेदेखि १८ गते साँझ ५ बजेसम्म तीन दिन सीमा नाका बन्द हुने लागेको जानकारी दिए। यस्तै दोस्रो चरणमा दार्चुलाको सीमापारि रहेको धार्चुलामा पनि निर्वाचन हुने भएकोले असोज २७ गते साँझ ५ बजेदेखि असोज २९ गते साँझ ५ बजेसम्म सो क्षेत्रको नाका पनि बन्द हुने जनाइएको छ। 

 

कमेन्ट लोड गर्नुस