सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सञ्चालित सुपथ मूल्य पसलबाट १९ सयले सेवा लिए

२०७६ असोज १६, १२:१७ खबर संवाददाता

धनगढीमा सञ्चालन गरिएको सुपथ मूल्य पसलबाट एक हजार नौँ सय जनाले सेवा लिएका छन्। गत भदौँ २३ गतदेखि साल्ट ट्रेडिङ कर्पोरेशन क्षेत्रिय कार्यालयले सञ्चालन गरेको सुपथ मूल्य पसलबाट २४ दिनको अवधीमा एक हजार नौँ सय जनाले सेवा लिदै विभिन्न समान खरिद गरेका हुन्।

कार्यालयका निमित्त प्रमुख तेज कुँवरले बुधबार सम्म १९ सयले सेवा लिएको जानकारी दिए। उनले हाल सम्म नौँ हजार आठ सय ६५ किलोग्राम चामल, आठ हजार पाँच सय ५५ किलोग्राम नुन र पाँच हजार नौँ सय २४ किलोग्राम चीनि बिक्रि भएको बताए। यस्तै सुपथ मूल्य पसलबाट साबुन समेत बिक्रि भईरहेको छ।

विगतमा सुदूरपश्चिमभरी सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको साल्ट ट्रेडिङले यसवर्ष भने प्रदेशको अस्थायी राजधानी धनगढीमा मात्र सेवा दिईरहेको छ। ‘अनिवार्य अनलाईन विलिङको प्रणाली लागु हुँदा धनगढीमा मात्रै सुपथ मूल्य पसल सञ्चालनमा गरिएको कर्पोरेशनले जनाएको छ।

 प्रदेशका अन्य स्थानमा अनलाईन सेवा नहुँदा सुपथ मूल्य पसल सञ्चालन गर्न नसकिएको दावी गरिएको छ। सुपथ मूल्य पसलबाट चिनी प्रति किलो ७२, नुन प्रति किलो १८, सावुन ३०, सोना मन्सुली चामल प्रतिकिलो ४१ र जिरा मसिनो प्रति किलो ५२ का दरले विक्री हुँदै भईरहेको छ।

चाडपर्वमा जनतालाई राहत उपलब्ध गराउन सुपथ मूल्य पसल सञ्चालन गर्दै आईएको थियो। विगतमा कैलालीको धनगढी र टीकापुर, कञ्चनपुरको भीमदत्तनगर, डोटीको दिपायल, डडेलधुरा र बैतडीको पाटनमा सुपथ मूल्य पसल सञ्चालन हुँदै आएको थियो। तर यस बर्ष अन्य कुनै पनि स्थानमा सुपथ मूल्य पसल सञ्चालन नगरिएको हो।

कमेन्ट लोड गर्नुस