सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्माण सामाग्री तथा हार्डवेयर प्रदर्शनी मेला सम्पन्न

२०७६ असोज १५, १०:३०

धनगढीमा निर्माण सामाग्री तथा हार्डवेयर प्रदर्शनी मेलाको सम्पन्न भएको छ। चार दिन सम्म सञ्चालन भएको मेलामा ५० निर्माण तथा हार्डवेयर कम्पनीका ६४ स्टल राखिएको थियो। भारत, बंगलादेश सहित नेपालका निर्माण कम्पनी तथा हार्डवेयका स्टलहरु राखिएका थिए। मेला अवधीभर निर्माण र हार्डवेयर सामान खरिदमा छुटको व्यवस्था समेत गरिएको थियो। धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वड प्रमुख अतिथी रहेको समापन कार्यक्रम कैलाली हार्डवेयर व्यवसायी संघका अध्यक्ष सुरेन्द्र राठीको अध्यक्षतामा भएको थियो। 
 

कमेन्ट लोड गर्नुस