सुदूर नेपाललाई विश्वसँग जोड्दै

झुलाघाटमा पक्की पुल निर्माणको माग सतिह २४ औँ दिन १९ जना बसे अनसन

२०७६ असोज १४, ०६:२८ खबर संवाददाता

नेपाल–भारत सीमाको झुलाघाट नाकामा पक्की पुल निर्माणको माग गर्दै बैतडीमा २४ दिनदेखि रिले अनसशन जारी रहेको छ। बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दको संयोजकत्वमा गठन भएको पुल निर्माण संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय अगाडी अनशन जारी राखेको हो। अनसनको २४ औँ दिन आजपनि १९ जनाले सहभागिता जनाउँदै ऐक्यवद्धता जनाएका छन्।

पुल निर्माण संघर्ष समितिका अध्यक्ष नरबहादुर चन्दले बैतडीका विभिन्न स्थानबाट अनसन स्थल जिल्ला प्रशासन कार्यालयमै पुगेर १९ जनाले ऐक्यवद्धता जनाएको जानकारी दिए। सार्वजनिक विदाका दिन बाहेक दशैँमा पनि रिले अनसन जारी राखिने चन्दले बताए। झुलाघाटमा पक्की पुल निर्माण माग गर्दै दुई दशकदेखि शान्तिपूर्ण रुपमा जिल्लाबासीले दबाब दिदै आएका थिए। तर शान्तिपूर्ण आन्दोलनले कुनै सुनवाई नभएपछि गत २२ गतेदेखि जिल्ला प्रशासन कार्यालय अगाडी रिले अनसन सुरु गरिएको थियो।
 

कमेन्ट लोड गर्नुस