सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा करेन्ट लागेर दुई जनाको मृत्यु

२०७६ असोज १४, ०६:२१ खबर संवाददाता

कैलालीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। जिल्लाका फरक–फरक स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्वर १ का ५६ बर्षीय मंगलवहादुर रावत र बर्दगोरीया गाउँपालिका वडा नम्वर ३ का चन्द्रवहादुर गुरुङका छटोरा दलवहादुर गुरुङको करेन्ट लागेर मृत्यु भएको हो।

रावतको घर नजिकै रहेको कटहरको रुख काट्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। करेन्ट लागेर घाईते भएका रावतको उपचारका क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको हो।

यस्तै बर्दगोरीयाका गुरुङको पनि आपको हाङगा काट्ने क्रममा विद्युतको लाईनमा हाङगा अड्कीएपछि करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।
 

कमेन्ट लोड गर्नुस