सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिकित्सकको गल्तीका कारण हरेक वर्ष २६ लाख बिरामीको मृत्यु

। फोटो स्रोत ।
२०७६ असोज १४, ०६:१२ खबर संवाददाता

चिकित्सकको गल्तीका कारण हरेक वर्ष १३ दशमलव ८ करोड बिरामीलाई नोक्सान हुने गरेको एक तथ्याङ्कले देखाएको छ। यस्तै २६ लाख बिरामीको मृत्यु हुने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ। डब्लुएचओकी रोगी—सुरक्षा समन्वयक डा निलम ढिंगरा कुमारले बिरामी हुनुको सही पहिचान नहुनु, औषधि तथा उपचारमा गल्ती हुनु र औषधिको अनुचित सेवनले बिरामीलाई थप समस्या हुने बताएकी छिन्।

अस्पतालमा हुने मुख्य ३ गल्ती :-

अस्पतालले लुकाउँछन् आफ्नो गल्ती

यस्तो गल्ती हुनुको मुख्य कारण स्वास्थ्य प्रणालीहरु यस्ता गल्ती सुल्झाउन र त्यसबाट सिक्न तयार छैनन्। डा कुमारले भनिन्, ‘कतिपय अस्पताल बिरामीको उपचारमा भएको गल्ती लुकाउँछन्, ताकि भविष्यमा फेरि यस्तो नहोस्। 

१० मध्ये एक बिरामी चिकित्सासम्बन्धी गल्तीको सिकार\

मध्यम र निम्न आर्थिक अवस्था भएका देशमा यो समस्या अधिक छ। यस्ता देश विश्वमा भएको जनसंख्याको ८० प्रतिशत छन्। यो समस्या विकसित देशमा पनि कम छैन। किनभने डब्लुएचओका अनुसार हरेक १० मध्ये एक बिरामी उपचारमा भएको गल्तीको सिकार हुन्छन्।

उपचारमा हुने गल्ती

ब्लड ट्रान्सफ्युजन वा एक्सरे गर्दा हुने गल्ती, एक अंगको शल्यक्रिया गर्नुपर्नेमा अर्को अंग काटिदिनुजस्ता गल्ती धेरै हुने गर्छन्। हरेक वर्ष १७ सेप्टेम्बरमा विश्व बिरामी सुरक्षा दिवस मनाउने गरिन्छ। अस्पतालका कर्मचारीबीच पनि यस्ता विषयमा राम्रो समन्वयको अभाव हुने गर्छ। डब्लुएचओका अनुसार विश्वभर औषधिको गलत प्रयोगले हेल्थ केयर प्रणालीमा करिब ४२ अर्ब डलर क्षति भएको छ। यस्ता समस्याबारे जनचेतना जगाउने उद्देश्यले हरेक वर्ष  डब्लुएचओले यो दिवस मनाउने गर्छ।
 

कमेन्ट लोड गर्नुस