धनगढीमा जिआईजेड परियोजना कार्यान्वयन कार्यालयको उद्वघाटन
जिआईजेड परियोजना कार्यान्वयन कार्यालय मंगलबार धनगढीको तारानगरमा उद्घाटन गरिएको छ। कार्यालयको जिआईजेडका कन्ट्री डाईरेक्टर गिजेला र धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले कार्यालय उद्घाटन गरेका थिए।
जिआईजेडले सुदूरपश्चिम प्रदेशका ११ वटा स्थानीय तहमा स्थानीय तथा प्रादेशिक आर्थिक विकास परियोजना लागु गर्दै छ। नेपाल र जर्मन सरकारबीच दिगो आर्थिक विकास क्षेत्र अन्तगर्तत २०१८ सेप्टेम्बरमा बर्लिनमा दुबै देशबीच भएको सहमती अनुसार नेपालमा परियोजना सञ्चालन सञ्चालनमा आएको हो।
सोही सहमती अनुसार जिआईजेडको सहयोगमा यो परियोजना प्रदेश नम्बर ५, कर्णाली प्रदेश ६ र सुदूरपश्चिम प्रदेशमा ११ वटा नगरपालिका र उपमहानगरपालिकामा परियोजना सञ्चालन गरिने छ। प्रदेश सरकार र स्थानीय सरकारका नगरपालिकाहरुमा आर्थिक विकास एवं छनौट भएका मूल्य श्रृंखला प्रबद्र्धनका लागि आवश्यक संरचनाहरुको अवस्थामा सुधार गर्ने उद्देश्य रहेको परियोजनाको अबधि १ जुन २०१९ देखि ३१ मे २०२२ तीन वर्षको रहेको छ।
जिआईजेडका कन्ट्री डाईरेक्टर गिजेलाले प्रदेशको समृद्धीका लागि यस परियोजनाबाट सहयोग पुग्ने बताईन्। नेपालमा २०७२ मा जारी भएको संविधानले संघियतामा आधारीत शासकिय स्वरुप दिएको छ, गिजेलाले भनिन् , नेपालको संविधानको मातहतमा रहेर यो परियोजनाले काम गर्नेछ।
परियोजनाले सुुदूरपश्चिमको आर्थिक विकासका बिविध क्षेत्रहरु, बैकल्पीक उर्जाको क्षेत्रमा काम गर्ने बताईएको छ। धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले यस परियोजनाले अन्य प्रदेश भन्दा धेरै यस प्रदेशका स्थानीयतहहरु छनौटमा पारेको भन्दै जिआईजेडको टिमलाई धन्यवाद दिए।