सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको भाउ मंगलबार ८ सय रुपैयाँले घट्यो

२०७६ असोज १४, ०२:४६ खबर संवाददाता

दशैँको पूर्वसन्ध्यामा छापावाला तथा तेजाबी सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य ६९ हजार दुई सय रुपैयाँ कायम भएको छ। त्यस्तै तेजाबी सुनको मूल्य ६८ हजार ९ सय  रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ।

सोमबार स्थानीय बजारमा छापावाला सुन प्रतितोला रु ७० हजार र तेजाबी सुन ६९ हजार ७ सय रुपैयाँमा खरिदबिक्री भएको थियो। त्यसैगरी चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपैयाँले घटेको छ। स्थानीय बजारमा आज चाँदी प्रतितोला रु ८ सय २५ मा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ। पछिल्लो दुईरतीन महिनादेखि निकै उतारचढाव देखिएको सुनको मूल्य पछिल्लो सातादेखि निरन्तर ओरालो लाग्दै आएको छ।
 

कमेन्ट लोड गर्नुस