सुदूर नेपाललाई विश्वसँग जोड्दै

४० हजार रुपैयाँ घुससहित विद्यालयका प्रधानाध्यापक र कार्यालय सहयोगी पक्राउ

२०७६ असोज १४, ०२:३३ खबर संवाददाता

कपिलवस्तुमा ४० हजार घुस सहित विद्यालयका प्रभानाध्यापक र कार्यालय सहयोगी पक्राउ परेका छन्। कपिलवस्तुको शिवराज नगरपालिका–६, विशुनपुरमा रहेको श्री बाल ज्योति माध्यामीक विद्यालयका प्रधानाध्यापक रविन्द्र प्रसाद मौर्य र कार्यालय सहयोगी राम कुमार लोनियालाई मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलको टोलीले रंगेहात पक्राउ गरेको हो।

विज्ञान शिक्षक भर्ना गर्ने उद्देश्यले रकम मागिएको र रकम लेनदेन गर्दै गर्दा उनीहरुलाई चन्द्रौटामा रहेको न्यू सिद्धार्थ होटलबाट पक्राउ गरेको हो। उनीहरुमथि थप अनुसान्धन भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस