सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीगंगामा नगर स्तरीय वडघर समिति गठन

२०७६ असोज १४, १२:२८ खबर संवाददाता

कैलालीको गौरीगंगा नगरपालिमामा थारु वडघर समिति गठन गरिएको छ। नगरपालिकाको वडा नम्बर ६ का रामबिलास चौधरीको अध्यक्षमा समिति गठन गरिएको हो। ११ सदस्यीय समितिमा प्रत्येक वडाका एक जनालाई समेटीएको छ।

सदस्यहरुमा कृष्णप्रसाद चौधरी, सुरेश चौधरी, धनीराम चौधरी, भागीराम चौधरी, रोजबहादुर चौधरी, फुल राम चौधरी, छेदु राम चौधरी, प्रदेशु चौधरी र खुशीराम चौधरी चयन भएका छन्। गौरीगंगा नगरपालिकामा रहेका भलमन्सा, चौकीदार, गुरुवाहरुको पहिचान गर्ने र नीतिगत व्यवस्था गर्ने निर्णय समेत भएको छ। कानूनी मान्यताका लागि पहल गर्ने निर्णय भएको अध्यक्ष रामबिलास चौधरीले बताए। बैठकले नगरपालिकाका प्रत्येक वडामा देउथान निर्माण गर्ने, संग्रहालय निर्माण गर्ने, वडघर, भल्मन्सासंगको समन्वयमा प्रत्येक टोलहरुमा पनि समिति विस्तार गर्ने लक्ष्य रहेको चौधरीले बताए।

गौरीगंगा नगरपालिकाको वडा नम्बर १० उदासीपुर थारु देउथानमा प्रथम नगर भेला सम्पन्न भएको हो। थारु गुरुवा बैदवा सेवा समिति गौरीगंगा नगर अध्यक्ष गोपाल दास चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा थारु गुरुवा बैदवा सेवा समिति समाजका केन्द्रीय अध्यक्ष राम प्रसाद चौधरी, केन्द्रीय सचिव राम कुमार मतत्तो लगायतको सहभागिता रहेको थियो। गुरुवाका नगर सचिव धनीराम चौधरीको स्वागत संगै सुरु भएको कार्यक्रमको संचालन पत्रकार दिनेश दहितले गरेका थिए।

कमेन्ट लोड गर्नुस