कैलालीको लम्कीमा व्यापारी कुटिए
कैलालीको लम्कीमा एकजना व्यापारीमाथि कुटपिट भएको छ। लम्कीचुहा नगरपालिका वडा नम्बर २ भल्काका व्यापारी ३७ वर्षीया शंकर शर्मामाथि गएराती कुटपिट भएको हो। शर्माको मुख, नाक र ढाडमा चोट लागेको छ। घाईते शमाले आफूमाथि गएराती लम्की दोहोरी साझका सञ्चालक टोपेन्द्र शाही सहितको समूहले आफूमाथि कुटपिट गरेको आरोप लगाएका छन्। उपचारका लागि लम्कीको लाल रत्न अस्पतालमा भर्ना भएका शर्मालाई कोहलपुर रेफर गरिएको छ।