सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा जारी हार्डवेयर प्रदर्शनी मेलामा छुटको व्यवस्था

२०७६ असोज १४, १२:१० कमल सावद

धनगढीमा आईतबारदेखि निर्माण सामाग्री तथा हार्डवेयर प्रदशनी मेला जारी छ। कैलाली हार्डवेयर व्यवसायी संघको आयोजनामा सञ्चालन भएको मेला चार दिन सम्म सञ्चालन हुनेछ।

मेलामा ५० निर्माण तथा हार्डवेयर कम्पनीहरुका ६४ स्टलहरु छन्। निर्माणसंग सम्बन्धित भारत, भुटान तथा नेपालका कम्पनीहरुका स्टल प्रदर्शनी मेलामा राखिएको हो। मेलामा निःशुल्क ढुवानीदेखि छुटको पनि व्यवस्था रहेको छ। निर्माण सामाग्री उत्पादक कम्पनीहरुले चार दिनको मेला अवधिमा खरिद सम्झौता गर्ने सेवाग्राहीलाई विभिन्न छुटको व्यवस्था गरेका हुन्। गोदावरी नगरपालिकामा सञ्चालन गरिएको चाइनिज ईट्टा उद्योगको सान्वी ब्रिक ईण्डष्ट्रिज प्रालिका सञ्चालक तिर्थराज ओझाले मेलाको अवधीमा ५ प्रतिशत मुल्यमा छुट दिईएको बताए। १४ किलोमिटर क्षेत्र भित्र निःशुल्क ढुवानीको सुविधा समेत रहेको उनले बताए। राठी ईन्टरप्राईजेजका प्रतिनिधि पवन कडरियाले कठरिया कम्पनीले उत्पादन गरेका सामाग्रीहरुमा छुटको व्यवस्था गरिएको बताए।

डिलक्स पेन्टका सुदूर तथा कणाली प्रदेश प्रतिनिधि कमल ज्ञवालीले पेन्टमा छुटको व्यवस्था रहेको बताए। भारतको कलकत्ताको कम्पनीले पनि धनगढीको मेलामा सहुलियतको व्यवस्था गरेको छ। अन्य समयमा ३५ प्रतिशत छुटको व्यवस्था गरिएकोमा मेला अवधिमा थप ७ प्रतिशत गरि ४२ प्रतिशत छुटको व्यवस्था गरिएको छ। यस्तै सिमेन्ट, सरिया, झ्याल–ढोका, पानीका ट्याङकी, चाईनिज ईट्टा तथा यूपिभीसी पाता लगायतमा मेला अवधिमा छुटको व्यवस्था गरिएको छ। जगदम्बा सिमेन्टले मेला अवधिमा सिमेन्ट खरिद गरे प्रति बोरामा २० रुपैँया छुटको व्यवस्था गरेको जनाएको छ।

झ्याल ढोकामा सात प्रतिशत र पानीको ट्याङकीमा पनि छुटको व्यवस्था मेलामा रहेको छ। असोज १२ गते आईतबारदेखि सुरु भएको निर्माण सामाग्री तथा हार्डवेयर प्रदर्शनी मेला १५ गते सम्म सञ्चालन हुनेछ। मेला अवधिमा सम्झौता गरिएको भए पछि पनि कम्पनीहरुका डिलरबाट छुटको व्यवस्था गरिएको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस