सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुबईमा भएको दुर्घटनामा कैलालीका एकजनाको मृत्यु

२०७६ असोज १४, ०७:३१ खबर संवाददाता

दुबईमा भएको सवारी दुर्घटनामा परि ज्यान गुमाउने कैलालीका एक जना सहित ६ जना नेपाली पहिचान खुलेको छ। कैलालीका नयनराम साउंद, धनकुटाका रमेश चौधरी, सार्लाहीका दानबहादुर सत्याल, पाल्पाका कृष्णबहादुर पुन मगर, नवलपरासीका नारायणप्रसाद पोख्रेल र धरानका दीपक विक रहेको कम्पनीले जनाएको छ।

दुर्घटनामा परेर नेपाली नागरिकको ज्यान गएको जानकारी पाएपछि आबुधाबीमा रहेको नेपाली दुतावासले आवश्यक प्रकृया अगाडि बढाएको जनाएको छ। दुतावासकी प्रवक्ता रिता धितालले कम्पनीका सीईओ तथा तथा सम्बन्धित निकायका प्रतिनिधिसँग राजदूत आफैँले समन्वय गरिरहेको बताइन्।

दुर्घटनामा परेर ज्यान गुमाउने ६ जना नेपालीको परिवारसँग कम्पनी तथा दुतावास आफैँले समन्वय गर्ने र आवश्यक सबै प्रकृयामा दूतावासले सरलीकरण गर्ने यूएईका लागि कृष्णप्रसाद ढकालले बताए।

फर्स्ट सेक्युरेटी कम्पनीमा काम गर्ने सुरक्षा सेक्युरिटी कामदार बोकेको मिनिबस सोमबार दुबईको शेख मोहमद विन जाहेद सडकमा लरीमा ठोक्किएर दुर्घटना हुँदा ६ जना नेपाली नागरिकसहित ८ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा एक पाकिस्तानी नागरिक र एक भारतीय नागरिक रहेका छन्। कम्पनीको काममा जान कामदारलाई मरर्दिफ सिटी सेन्टरबाट सारजाहातर्फ लैजाँदै गर्दा दुर्घटना भएको हो।

घाइतेमध्ये ५ भारतीय र एक जना बंगलादेशी नागरिक रहेको दुबई प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको र सबैलाई उपचारको लागि दुबईमा रहेको अल रसिद अस्पतालमा पुर्याइएको  छ।

कमेन्ट लोड गर्नुस