सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेलायतमा सुदूरपश्चिमेलीको दशैँ मिलन कार्यक्रम

२०७६ असोज १४, ०७:२८ खबर संवाददाता

सुदूरपश्चिमेलीहरुले बेलायतमा दशैँ मिलन कार्यक्रम मनाएका छन्। बेलायतमा बसोबास गर्दै सुदूरपश्चिमेलीहरुले स्थापना गरेको सुन्दर सुदूरपश्चिम नेपाली परिवार बेलायतको आयोजनामा शनिबार दशैँ मिलन कार्यक्रम सम्वपन्न गरिएको हो। सुन्दर सुदूरपश्चिम नेपाली परिवार बेलायतका अध्यक्ष सुरेन्द्र ढुंगानाले विदेशमा रहेपनि आफ्नो धर्म, संस्कृतिको जगर्ने गर्दै सुदूरपश्चिमेली बिचको एकतालाई बलियो बनाउन दशैँ मिलन कार्यक्रम गरिएको बताए।

कार्यक्रममा ढुङगानाकै अध्यक्षतमा भएको कार्यक्रममा संस्थाका सल्लाहकार डा. श्याम चन्दले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रममा बेलायतमा बसोबास गर्दै आएका ८० जना भन्दा बढि सुदूरपश्चिमेलीको सहभागिता रहेको थियो। कार्यक्रममा सुदूरपश्चिमको लोक संस्कृति डेउडा समेत खेलिएको थियो भने विभिन्न व्यक्तिहरुले गीत तथा कविता बाचन समेत गरेका थिए। 
  

कमेन्ट लोड गर्नुस