सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुबईमा सवारी दुर्घटना हुँदा ६ जना नेपालीको मृत्यु

२०७६ असोज १४, ०७:१० खबर संवाददाता

दुबईमा सवारी दुर्घटनामा परि ६ जना नेपालीको मृत्यु भएको छ। युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा भएको सवारी दुर्घटनामा एक भारतीय र एक पाकिस्तानी नागरिकको पनि मृत्यु भएको छ। स्थानीय समयअनुसार सोमबार विहान ४ बजेर ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन जायद सडकमा फर्स्ट सेक्युरिटी ग्रुपको १४ सिटे मिनिबस लरीसँग ठोक्किएको थियो। 

सो दुर्घटनामा रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउदको मृत्यु भएको नेपाली दूतावासले जनाएको छ। उनीहरुको नेपालस्थित ठेगाना खुल्न बाँकी छ। दुर्घटनामा घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने अन्य ४ जनाको अवस्था सामान्य रहेको छ। घाइतेहरुको स्थानीय रसिद अस्पतालमा उपचार भइरहेको दुतावासले जनाएको छ।

कमेन्ट लोड गर्नुस