सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका सीडिओ सहितका व्यक्तिद्धारा कपडा बैँकलाई कपडा हस्तान्तरण

२०७६ असोज १३, ०६:४५ खबर संवाददाता

धनगढीको कपडा बैंकलाई चार सय ७७ थान कपडा दान गरिएको छ। उप–महानगरपालिकाको वडा नम्बर ४ शिवपुरी धाममा रहेको कपडा बैंकलाई चार सय ७७ थान कपडा दान गरिएको हो। पछिल्लो एक हप्ताको अवधीमा कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज वोहरा सहित धनगढीकै विभिन्न क्षेत्रका व्यक्तिहरुले कपडा दान गरेका हुन्। धनगढीकै निर्मला भट्ट, फणेन्द्र अवस्थी, लक्ष्मी रावाल, धनादेवी कपडेल, नविन सिंह, लालबहादुर साउद, ईशा काफ्ले र लोकराज विष्टले कपडा दान गरेका हुन्।

कपडा संकलनका लागि प्रत्येक शनिवार विहान ८ बजेदेखि १० बजे सम्म ट्राफिक चौराह, क्याम्पस चौक र एलएनचौकमा पनि गाडीहरु समेत राखिदै आईएको छ भने प्रत्येक दिन विहान ८ देखि १० र साँझ ४ देखि ६ बजे सम्म बैंक समेत खुल्ला रहने गरेको बैंककी सम्पर्क व्यक्ति ज्ञानु शाहले बताईन्। संकलन भएका कपडाहरु बैंक मार्फत निशुल्क वितरण गरिदै आईएको छ।

कमेन्ट लोड गर्नुस