सुदूर नेपाललाई विश्वसँग जोड्दै

विप्लव कार्यकर्ताको कुटपिटबाट गाउँपालिकाका अधिकृत घाइते

२०७६ असोज १३, ०५:१० खबर संवाददाता

मुगुमा विप्लव समूह कार्यकर्ताको कुटपिटबाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घाइते भएका छन्।  सोरु गाउंपालिकाका अधिकृत ३५ वर्षीय परशुराम उपाध्य घाइते भएको प्रहरीले जनानएको छ। सोमबार बिहान सदरमुकाम गमगढीबाट कार्यक्षेत्र जाँदै गर्दा विप्लव समूहका कार्यकर्ताहरुले कुटपिट गरेका थिए।

प्रहरीका अनुसार उपाध्यको टाउको र शरीरमा गहिरो चोट लागेको छ। उनलाई बचाउन जाँदा आफूलाई पनि मास्क लगाएका दुईजनाले कुटपिट गरेको सोही गाउँपालिकाका कृषि शाखा प्राविधिक रतनलाल साहनीले बताए। उपाध्यको जिल्ला अस्पतालमा प्राथमिक उपचार गरिएको छ। उनको टाउकोमा ११ वटा टाँका लागेका छन्। थप उपचारका लागि नेपालगञ्ज रिर्फर गरिएको जिल्ला अस्पतालले जनाएको छ। कुटपीट गर्नेहरुलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस