सुदूर नेपाललाई विश्वसँग जोड्दै

झुलाघाट पक्की पुल निर्माण : अनसनको २३ औँ दिन २५ जनाद्धारा ऐक्यबद्धता

२०७६ असोज १३, ०४:१९ खबर संवाददाता

नेपाल–भारत सीमाको झुलाघाट नाकामा पक्की पुल निर्माणको माग गर्दै बैतडीमा २३ दिनदेखि रिले अनसशन जारी रहेको छ। बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दको संयोजकत्वमा गठन भएको पुल निर्माण संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय अगाडी अनशन जारी राखिएको हो।

अनसनको २३ औँ दिन आजपनि २५ जनाले सहभागिता जनाउँदै ऐक्यवद्धता जनाएका छन्। पुल निर्माण संघर्ष समितिका अध्यक्ष नरबहादुर चन्दले बैतडीका विभिन्न स्थानबाट अनसन स्थल जिल्ला प्रशासन कार्यालयमै पुगेर २५ जनाले ऐक्यवद्धता जनाएको जानकारी दिए। सार्वजनिक विदाका दिन बाहेक दशैँमा पनि रिले अनसन जारी राखिने चन्दले बताए।

दशैँपछि स्वरुप परिवर्तन गर्दै आन्दोलनलाई थप सशक्त बनाउने योजनामा आफूहरु रहेको संयोजक भन्दले जनाए। उनले पुल निर्माणका लागि विगतदेखि नै शान्तिपूर्ण आन्दोलन गर्दै आएकोमा राज्यले नसुनेपछि रिले अनसन सुरु गरिएकोमा अहिले पनि राज्यले कुनै वास्ता नगरेको गुनासो गरे।

राज्यलाई दबाब दिनका लागि आन्दोलनको स्वरुप परिवर्तन गरी प्रदेशको आर्थिक समृद्धिका लागि झुलाघाट पुल निर्माण अनिवार्य भएकाले संघर्षका कार्यक्रम जारी राखिने चन्दले बताए। झुलाघाटमा पक्की पुल निर्माण माग गर्दै दुई दशकदेखि शान्तिपूर्ण रुपमा जिल्लाबासीले दबाब दिदै आएका थिए। तर शान्तिपूर्ण आन्दोलनले कुनै सुनवाई नभएपछि गत २२ गतेदेखि जिल्ला प्रशासन कार्यालय अगाडी रिले अनसन सुरु गरिएको थियो।

कमेन्ट लोड गर्नुस