सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा नेकपा नेता सहितका ६ जुवाडे पक्राउ

२०७६ असोज १३, ०३:१३ खबर संवाददाता

बाजुरामा नेकपाका नेता सहित छ जुवाडे पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराले जुवातास खेलिरहेको अवस्थामा नेकपाका बडिमालिका नगर कमिटी सचिव चन्द्र थापा सहितका ६ जनालाई पक्राउ गरेको हो।

बडिमालिका नगरपालिका ९ मा रहेको मार्तडी बजारक स्थित रोयल होटेलमा जुवातास खेलिरहेको सूचनाका आधारमा गएराती ११ बजे छापा हानेर उनीहरुलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा होटल संचालक अन्तिम शाह, स्वामीकात्तिक गाउँपालिका वडा नम्बर २ का हिक्मत बुढा, धिरेन्द्रबहादुर शाही, रनदीप बुढा र जगन्नाथ गाउँपालिका वडा नम्बर ४ का जगत भण्डारी रहेको प्रहरीले जनाएको छ।

उनीहरुबाट नगद ३० हजार सात सय ७० रुपैयाँ समेत बरामद गरिएको बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) उद्धवसिंह भाटले जानकारी दिए। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भईरहेको भाटले बताए। 
 
 

कमेन्ट लोड गर्नुस