सुदूर नेपाललाई विश्वसँग जोड्दै

युवाहरुको अभियानपछि धनगढी–स्याउले सडक ग्रावेल गर्न स्थानीय सरकार जुरमुराए

२०७६ असोज १३, १२:१७ रोशन भट्ट

आवतजावतमा सास्ती खेप्नुपरेको भन्दै धनगढी स्याउले सडक खण्ड ग्रावेल गर्न युवाहरुले अभियान थालेपछि स्थानीय सरकार पनि जुरमुराएका छन्। युवाहरुले जनस्तरबाट अभियान सुरु गरे लगतै स्थानीय सरकारहरुले सडक ग्रावेल गर्न थालेका छन्। धनगढी उप–महानगरपालिका र गोदावरी नगरपालिकाकाले आ–आफ्नो क्षेत्रमा ग्रवेल हाल्न सुरु गरेका छन।

गोदावरी नगरपालिका ८ का युवा भरतबिक्रम शाहको अगुवाईमा सडक ग्रावेल अभियान सुरु गरिए लगतै स्थानीय सरकार धमाधम सडक ग्रावेल गर्न थालेका छन्। तीन तहकै सरकार उत्तः सडक निर्माणमा उदासिन देखिएको भन्दै जनस्तरबाटै ग्रावेलका लागि अभियान थालिएको थियो। तर अहिले आएर धनगढीले उप–महानगरपालिका र गोदावरी नगरपालिकाले आफ्नो सिमानामा पर्ने सडकमा ग्रावेल हाल्न सुरु गरेका हुन्।

धनगढी उप–महानगरपालिकाका प्रवक्ता सन्तोश मुडभरीले सडकको दुरावस्था भएपछि ग्रावेल हाल्न सुरु गरिएको बताए। सडकमा परेका खाल्डाखुल्डीले धनगढीको वडा नम्बर ५, ६ र ११ तथा गोदावरीको वडा नम्बर ७ र ८ का स्थानीय सबैभन्दा बढी समस्यामा परेका छन्। मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माणाधिन अवस्थामा रहेकाले धनगढी–स्याउले सडक बढी प्रयोग हुने गरेका कारणले पनि सडक हिलाम्मे हुने गरेको थियो।

सडकको दुरावस्था वारे सरोकारवाला निकायलाई पटक–पटक गुर्हादा पनि वेवास्ता गरेको आरोप लागेको थियो। तर गोदावरी नगरपालिकाका उप–मेयर रत्ना कठायतले भने स्थानीयले पाउँदै आएको सास्तीलाई मध्य नजर गर्दै सडक ग्रावेल गरिन लागेको उल्लेख गरिन्।

उनले आवश्यकता अनुसार ग्रावेल हालिने बताईन। स्थानीय तहहरुले शनिवार देखि ग्रावेल नै ग्रावेल हाल्न सुरु गरेपनि .आवातजावात भने सहज हुन सकेको छैन। वर्षातका कारण सडकमै पानी जम्ने हुँदा हिलोले दोहोरो सवारी साधन चल्न समस्या भईरहेको छ। विगतमा स्थानीय तहहरु मर्मतको लागि कुनै योजना नभएको भन्दै पन्छिदै आएका थिए। 
  
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस