सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्याजको मुल्य ३० रुपैयाँले बढ्यो

२०७६ असोज १३, १२:०० खबर संवाददाता

प्याजको मुल्य सोमबार किलोमा ३० रुपैयाँ बढेको छ। खुद्रा मूल्य तोकिएकोमा सोमबार किलोको १ सय ३५ रुपैयाँ तोकिएको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ। भारतले आइतबार प्याज निकासीमा रोक लगाएसँगै यसको असर नेपाली बजारमा पनि परेको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिका सदस्य राजन न्यौपानेले बताए।

नेपालमा धेरैजसो प्याज भारतबाट ल्याइने भएकाले भारतबाट निकासी रोकिँदा नेपालमा प्याजको कमी हुने र भाउ अझै बढ्न सक्ने उनको भनाई छ। कालिमाटीमा दैनिक १२ देखि १३ ट्रक प्याज ल्याइने गरेको छ। केही दिन यता तरकारीसँगै प्याजको भाउ बढेपछि हैरान भएका उपभोक्तालाई चाडबाडको बेलामा अझै महङ्गोमा प्याज किन्नुपर्ने भएको छ। नेपालमा भारतबाट मात्र वार्षिक २ अर्बभन्दा बढीको प्याज आयात हुँदै आएको छ।
 

कमेन्ट लोड गर्नुस