सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा वेपत्ता बालक खोलामा मृत भेटिए

२०७६ असोज १३, ११:५२ खबर संवाददाता

कैलालीमा एक १२ वर्षीय बालक मृत भेटिएका छन्। जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ८ का सुर्यबहादुर रानामगरका १२ वर्षीय छोरा शिशिर खोलामा मृत भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मोहन्याल गाउँपालिकाको तालबन्द घुम्न गएका शिशिर आईतबार साँझ बाजपानी खोला तर्ने क्रममा बगेर वेपत्ता भएका थिए।

उनको खोजी गर्दै जादा आज बिहान साढे ९ बजे गाउँपालिकाको वडा नम्बर ५ को झल्कीपानी स्थित खोलामा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। अहिले प्रहरी घटना स्थल तर्फ गएको छ।  
 

कमेन्ट लोड गर्नुस