सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुढीगंगा जलविद्युत आयोजनाको डिपिआरमाथि अध्ययन सुरु

२०७६ असोज १३, ०८:२३ जनक विष्ट

अछामको २० मेगावाट क्षमताको बुढीगंगा जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएर प्रतिवेदनमाथि अध्ययन सुरु भएको छ। आयोजनाको विस्तृत ईन्जिनियरिङ्ग डिजाइन र वातावरणीय प्रभाव मुुल्यांकनको जिम्मेवारी पाएको अन्र्तराष्ट्रिय परामर्शदाता स्मेक र काठमाडौंका उदय जेभीले डिपिआर तयार गरेर आयोजना कार्यालयमा बुझाएपछि अहिले अध्ययन सुरु भएको हो।

१६ महिनाको समयावधी दिएर २४ वर्षदेखि निर्माणको चर्चा पाएको जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन बनाउने जिम्मा पाएका परामर्शदाता कम्पनीले एक हप्ता पहिले मात्र प्रतिवेदन बुझाएको हो। आयोजनाकी प्रवत्ता ईन्जिनियर पुनम पाण्डेयले परामर्शदाता कम्पनीले एक हप्ता पहिले प्रतिवेदन बुझाएकोमा अहिले अध्ययन भईरहेको जानकारी दिईन्।

उनले आयोजनाको उत्पादन क्षमता भने २० दशमलव २ मेघावाट नै कायम रहने गरी प्रतिवेदन पेश भएको बताईन्। लगानी भने थपघट हुनसक्ने देखिएपनि प्रतिवेदन अध्ययनकै चरणमा रहेकाले अहिले नै यकिन भईनकेको पाण्डेले बताईन्। तर प्रारम्भीक अध्ययन अनुसार डिपिआरमा केही त्रुटीहरु देखिएका छन्।

ती त्रुटीहरुलाई पनि सच्याउँदै अगाडी बढ्ने योजनामा आयोजना कार्यालय छ। सरकारले साउदी विकास कोषले ३ अर्ब २० करोड र कुवेत विकास कोषले १ अर्ब ८० करोड ऋण लगानी गर्ने र बाँकी अपुग रकम आफैले लगानी गरी आयोजना निर्माण गर्ने लक्ष्य राखेको छ। विगतमा विभिन्न समस्या देखाउँदै डिपिआर बनाउन ढिलाई गरेका परामर्शदाता कम्पनीहरु स्मेक इन्टरनेशल र उदय कन्सल्टेन्टले चार वर्षपछि मात्र प्रतिवेदन पेश गरेका हुन्।

२४ वर्षदेखि निर्माणको चर्चामा रहेको जलविद्युत आयोजनामा ढिलोगरी पेश भएको प्रतिवेदनमै प्राविधिक क्रुटी देखिएपछि फेरी थप समय लाग्ने भएको छ। सरकारी स्तरबाट हुने वेवास्ता र यस क्षेत्रबाट राष्ट्रिय राजनितिमा दख्खल राख्ने नेताहरुको उदासीनताका कारण बुढीगंगा जलविद्युत आयोजना २४ बर्ष देखि निर्माणको चरणमा जान नसहेको हो। 
  

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस