सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा दशैं मेला सुरु

२०७६ असोज १३, ०८:०९ खबर संवाददाता

विगतका बर्ष जस्तै यो बर्ष पनि धनगढीमा दशैं मेला सुरु भएको छ। दशैंको अवसरमा धनगढीको मेनरोड बजार व्यवस्थापन समितिले दशैं मेला लगाएको हो। धनगढीको पार्क मोडदेखि वडा प्रहरी कार्यालय जाने सडक सम्म दशैँ मेला लगाईएको हो।

मेलाको एक कार्यक्रमका विच उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले उद्धघाटन गरिन्। धनगढी क्षेत्रको पर्यटन, उद्योग, व्यापारको विकास तथा संस्कृतीको प्रवद्र्धनका लागि मेला आयोजना गरिएको आयोजक समितीका संयोजक चन्द्रकान्त पनेरुले बताए।

मेला राती १० बजे सम्म लाग्ने गरेको छ। मेला लागेको पसलमा सामान खरिद गर्दा ग्राहकहरुले १० देखि २० प्रतिशतसम्म छुट प्राप्त गर्ने अध्यक्ष पनेरुले बताए। 
 

कमेन्ट लोड गर्नुस