सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बसको ठक्करबाट एक युवक गम्भीर घाईते

२०७६ असोज १३, ०७:४१ खबर संवाददाता

कैलालीमा बसले ठक्कर दिदा एकजना गम्भीर घाईते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको गोदावरी नगरपालिकाको स्यालेमा आज बिहान बसले ठक्कर दिदा एकजना घाईते भएको प्रहरीले जनाएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार अत्तरियाबाट टीकापुरतर्फ जादै गरेको ना ६ ख २५२९ नम्बरको बसको ठक्करबाट गोदावरी नगरपालिका ८ का १६ वर्षीय लोकेश बोगटी गम्भीर घाईते भएका छन्।

उनको कैलालीमा उपचार सम्भव नभएपछि नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ। बेगटीको टाउको गम्भीर चोट लागेको छ। बस र बस चालकलाई ईलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ। दुर्घटना आज बिहान साढे ६ बजेतीर भएको हो।

 

कमेन्ट लोड गर्नुस