सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुन चाँदीको भाउ घट्यो

२०७६ असोज १२, ०५:३० खबर संवाददाता

आईतबार सुनचाँदिको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुन प्रतितोला ७० हजार दुई सय रुपैयाँमा कारोबार भएको छ। शुक्रबार छापावाला सुन प्रतितोला ७० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आइतबार प्रतितोला ६ सय रुपैयाँले घटेको हो।  

यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला ७० हजार पाँच सय रुपैयाँमा कारोबार भएकोमा आइतबार भने प्रतितोला ६९ हजार नौ सय रुपैयाँमा कारोबार भएको छ। तेजाबी सुन पनि प्रतितोला ६ सय रुपैयाँले घटेको हो।

अन्तराष्ट्रिय बजारमा समेत सुनको मूल्यमा ओरालो लागेको कारण त्यसको प्रभाव नेपाली बजारमा परेको हो। यस्तै चाँदी पनि शुक्रबारको तुलनामा १५ रुपैयाँले घटेर प्रतितोला आठ सय ४५ रुपैयाँमा कारोबार भएको छ। 

कमेन्ट लोड गर्नुस