सुदूर नेपाललाई विश्वसँग जोड्दै

रक्त सञ्चार केन्द्र धनगढीमा रगत वर्गिकरण गर्ने मेसिन बिग्रिएपछि समस्या

२०७६ असोज १२, ०३:०९ जनक विष्ट

रक्त सञ्चार केन्द्र धनगढीको रगत वर्गिकरण गर्ने कम्पोनेन्ट मेसिन बिग्रिएपछि समस्या भएको छ। रगतमा हुने विभिन्न तत्वहरु छुट्याउने मेसिन बिग्रिएपछि समस्या भएको हो। कम्पोनेन्ट मेसिन बिग्रिदा शरिरलाई आवश्यक पर्ने रगत पाउन समस्या भएपछि विरामीहरु पनि समस्यामा परेका छन्।

पाँच दिन अघि आमालाई रगत आवश्यक देखिएपछि सेती प्रादेशिक अस्पताल ल्याएको थिए, कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ जीवन भट्टले भने, तर कम्पोनेन्ट मेसिन बिग्रिएपछि समस्या भएको छ।

रक्त सञ्चार केन्द्रलाई मेसिन मर्मतको विषयमा बुझ्न खोज्दा उल्टै यहाँ मेकानिक नपाउँने भन्दै आफूलाई मान्छे खोजेर ल्याउँन भन्दै गैरजिम्मेवार अभिव्यक्ति दिएको भट्टको आरोप छ। उनकी आमा पार्वतीलाई वोन म्यारो सम्बन्धी रोगको समस्या भएकोले महिनै पिच्छे फ्रेस रगत आवश्यक हुन्छ। मेसिन बिग्रिएपछि भट्ट जस्तै अन्य विरामीलाई पनि आवश्यक पर्ने रगत पाउन समस्या भएको छ भने संकलन हुने रगतको तत्व छुट्याउन नसकिने भएपछि खेर जाने सम्भावना अधिक रहेको छ।

यता रक्त सञ्चार केन्द्र धनगढीका प्रमुख धरणीधर पन्तले दुई दिन अघि मात्र मेसिन बिग्रिएको दावी गरे। उनले धनगढीमा मर्मत नहुने समस्या हुँदा काठमाडौँबाट मेकानिक मगाईएको दावी गरे। सेवाग्राहीसंग आफै मेसिन मर्मत गर्ने मान्छे खोजेर ल्याउ भनेको आरोप गलत भएको पन्तको भनाई छ।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले कम्पोनेन्ट मेसिनले एउटै पोका रगतबाट विरामीलाई आवश्यक पर्ने विभिन्न तत्वहरु छुट्याउन सकिने बताए।

उनले मेसिनको मद्दतले रगतबाट फ्रेस फ्रोजन प्लाज्मा, प्लेटलेट रिच प्लाज्मा र प्याक सेल लगायतका तत्वहरु छुट्याउन सकिने जनाउँदै कम्पोनेन्ट मेसिन भए एउटै पोकाबाट ती तत्वहरु संकलन गर्न सकिने बताए। अस्पतालमा दैनिक जसो वोन म्यारो सम्बन्धी रोग भएका, सिकलसेल अमिनीया, प्रसुती लगायतका विरामीका लागी रगतको आवश्यकता पर्ने गरेको छ।

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस