सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक करोडको लागतमा धनगढीमा ओम ट्रेडको शाखा विस्तार

२०७६ असोज १२, ०२:३९

धनगढीमा ओम ट्रेडको शाखा विस्तार गरिएको छ। धनगढीको मुख्य सडकमा रहेको ओम ट्रेडको नयाँ शाखा धनगढी उप–महानगरपालिका वडा नम्बर ५ हसनपुरमा सञ्चालन गरिएको हो। एक करोडको लगानीमा शाखा सञ्चालन गरिएको सञ्चालक  महेश शाहले बताए।

दैनिक आवश्यक सामाग्रीहरु सहितको ओम ट्रेड डिपाटमेण्टल स्टोर सञ्चालन गरिएको उनले बताए। ‘दैनिक आवश्यक सामाग्री एकै ठाँउमा खरिद गर्न चाहना धेरैको हुन्छ, सोही चाहना पुरा गर्न शाखा विस्तार गरिएको हो।

दुई महिना भित्र शिवनगरमा पनि शाखा विस्तारको तयारीमा रहेका छौ।’ उनले भने। डिपाटमेण्टल स्टोरमा दैनिक घरायसी प्रयोगमा आउने सामाग्रीहरु, गिफ्टका सामाग्रीहरु, पुस्तक तथा शैक्षिक सामाग्रीहरु उपलब्ध हुनेछन्।

 

कमेन्ट लोड गर्नुस