सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्रकको ठक्करबाट अत्तरियामा बृद्धाको मृत्यु

२०७६ असोज ११, ११:०३ खबर संवाददाता

ट्रकको ठक्करबाट अत्तरियामा बृद्धाको मृत्यु भएको छ। कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर ९ की ७० वर्षिया मानमति भट्टको ट्रकको ठक्करबाट मृत्यु भएको हो। बझाङबाट दाङ जादै गरेको ना १ क ७८४१ नम्बरको ट्रकले अत्तरिया पहाड रोडमा भट्टलाई ठक्कर दिएको थियो। उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्रक र  चालक मकवानपुर बस्ने विष्णु पुलामीलाई नियन्त्रणमा लिएको कैलाली प्रहरी प्रवक्ता, प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। 

कमेन्ट लोड गर्नुस