सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा दृष्टी बिहिन परिवारलाई ८४ हजार आर्थिक सहयोग

२०७६ असोज ११, ०८:४० खबर संवाददाता

कैलालीमा दृष्टी बिहिन परिवारलाई ८४ हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ५ अण्डैयाका दृष्टी बिहिन टेकबहादुर सदाशंकरको परिवारलाई ८४ हजार पाँच सय २० रुपैँया सहयोग रकम हस्तान्तरण गरिएको हो। ४६ हजार सात सय २३ को बैँक चेक र ३७ हजार सात सय ९७ को खाद्य तथा दैनिक प्रयोगमा आउने सामाग्री खरिद गरि हस्तान्तरण गरिएको छ। 
अण्डैयाका युवा करन साउँदले दृष्टी बिहिन सदाशंकरलाई आर्थिक सहयोगका लागि एक महिनादेखि अभियान सञ्चालन गरेका थिए। उनले सामाजिक सञ्जाल फेसवुक मार्फत आर्थिक सहयोगका लागि अपिल गरेका हुन्। उनी सामाजवादी पार्टी निकट युवा संघका केन्द्रीय सदस्य हुन्।

नगरपालिकाको वडा नम्बर ५ लालीगुँरास शिविरमा सदाशंकरको सात जनाको परिवार बस्दै आएको छ। टेकबहादुरले आँखा देख्दैनन् भने उनकी श्रीमती पनि अपांग छन्। उनीहरुका पाँच वटा बालबालिका छन्।  सुकुम्बासी शिविरमा बस्दै आएका टेकबहादुरले वर्षौ देखि सार्वजनिक यातायातमा मादल बजाएर रकम संकलन गरी जिबिको पार्जन गर्दै आएका छन्। सदाशंकरको परिवारलाई दैनिक गुजरा गर्न समस्या भएपछि अभियान सञ्चालन गरिएको अभियान्ता करण साउँदले बताए। 
सहयोग रकम ग्राहण गर्दै टेकबहादुरले पहिलो पटक सामुहिक रुपमा सहयोग पाएको बताए। 
 

कमेन्ट लोड गर्नुस