सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागुऔषधका कारोबारी सहित धनगढीबाट तीन जना पक्राउ, अवरोध गर्ने तीन महिला पनि नियन्त्रणमा

२०७६ असोज ११, ०५:५९ खबर संवाददाता

कैलालीमा लागुऔषधका एक कारोबारी सहित तीन जना पक्राउ परेका छन्। धनगढी उप–महानगरपालिका वडा नम्वर ३, चटकपुर स्थित सडकखण्डमा चेकजांज गर्दा दुई जना सेवनकर्तालाई पक्रउ गरिएको थियो भने उनीहरुले नै दिएको जानकारी अनुसार कारोवारीलाई पनि पक्राउ गरिएको हो। 

गोदावरी नगरपालिका वडा नम्वर ५ गेटाका २२ बर्षीय सन्तोष भट्ट र वडा नम्वर १ अत्तरिया बस्ने  २८ बर्षीय गोविन्द चौधरीलाई सुरुमा पक्राउ गरिएको थियो।

उनीहरु साथबाट २ पुरिया ब्राउन सुगर फेला परेकोमा सोधपुछ गर्दा धनगढी उप–महानगरपालिका वडा नम्वर १३, कैलाली गाउँका ३० बर्षीय सहदेव रानाबाट किनेको भन्ने खुल्न आएपछि उनलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। 

उनको घरबाट बिक्रि गर्न तयारी अवस्थामा राखिएको १६ पुरिया ब्राउन सुगर, जलेको अवस्थाको नोट, विलेट, नगद समेत बरामद गरीएको उनले बताए। उनलाई पक्राउ गर्दा अवरोध गर्न खोज्ने तीन महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ। स्थानीय ४० बर्षीय मुलिया राना, ५५ बर्षकी बुटनी राना र ५० बर्षकी सितादेवी रानालाई पनि पक्राउ गरिएको हो। 
 

कमेन्ट लोड गर्नुस