मानवसेवा आश्रम धनगढीद्वारा एक बर्षमा ३१ जनाको उद्धार
मावन सेवा आश्रम धनगढी शाखाको आय–व्याय सार्वजनिक गरिएको छ। शाखाले धनगढीमा एक कार्यक्रमको आयोजना गर्दै वार्षिक प्रगती प्रतिवेदन सहित आर्थिक प्रतिवेदन सार्वजनिक गरेको हो। शाखाले १८ लाख ८७ हजार एक सय ५७ रुपैँया बराबरको आयव्याय सार्वजनिक गरेको हो।
शाखाका संयोजक आदर्श ढकालले एक लाख ६१ हजार चार सय ५ मानव सेवा आश्रम कैलाली शाखामा मौज्दाज रहेको बताए। एक वर्षमा मानव सेवा आश्रम कैलाली शाखाले ३१ जनाको उद्दार, ४ जनाको पुर्नमिलन, तीन जनालाई अल्पकालीन सेवा दिएको उनले बताए। एक वर्षको अवधिमा एक जनाको निधन भएको छ।
सडकमा रहेका असायहरुलाई आश्रमले उद्दार गर्ने गरेको छ। उनीहरुको बसोबास सहित उपचारको व्यवस्था आश्रमले गर्दै आएको छ। मानव सेवा आश्रम कैलाली शाखाले २०७५ मंसिर ६ गते जिल्ला प्रसाशन कार्यालय कैलाली बाट औपचारिक स्विकृत प्राप्त गरेको थियो।