जेसीज एभरेष्ट पूर्व विद्यार्थी संघद्धारा रक्तदान, ७५ पिन्ट रगत संकलन
२०७६ असोज ११, ०२:२२
धनगढीको जेसीज एभरेष्ट पूर्व विद्यार्थी संघले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। धनगढीको नवजीवन को–अपरेटिभ्स लिमिटेड अगाडी कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा ७५ जनाले रक्तदान गरेको जेसीज एभरेष्ट पूर्व विद्यार्थी संघले जनाएको छ। कार्यक्रमबाट ७५ पिन्ट रगत संकलन भएको छ। कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशिला मिश्र भट्टको पनि सहभागिता रहेको थियो।
कमेन्ट लोड गर्नुस