सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा तीन करोडको लगानीमा बाल उद्यान

२०७६ असोज ११, ०२:०० खबर संवाददाता

धनगढी उप–महानगरपालिका वडा नम्वर २ मा झण्डै तीन करोडको लगानीमा बाल उद्यान स्थापना गरिएको छ। धनगढीमा यसअघि सञ्चालनमा रहेको फन पार्क भित्रै बाल उद्यान पनि स्थापना गरिएको हो।

बाल उद्यानमा खेल्नका लागि ड्यासिङ कार, डुङगा, रोटे पिङ, चर्का, ब्रेक डान्स लगायत राखिएको सञ्चालक श्याम विष्टले बताए।

‘बाल उद्यानको औपचारिक उद्वघाटन .असोज १७ गते गर्ने कार्यक्रम रहेको छ,’ विष्टले भने, ‘१७ गते प्रवेश शुल्क लाग्ने छैन् भने १८ गतेदेखि भने ५० रुपैँया प्रवेश शुल्क लाग्ने छ।’

यसअघि २०७५ साल बैशाख १४ गते जलविहार गर्नका लागि विभिन्न सुविधा सहितको फन पार्कको स्थापना गरिएको थियो।

 

कमेन्ट लोड गर्नुस