सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा नक्कली प्रहरी बनेर अपहरणपछि करणी गर्न खोज्ने तीन जना कारागार चलान

२०७६ असोज ११, ०१:१२ खबर संवाददाता

धनगढीमा नक्कली प्रहरी बनेर अपहरणपछि करणी गर्न खोज्ने तीन जना कारागार चलान भएका छन्। धनगढी उप–महानगरपालिका वडा नम्वर १६ का १९ वर्षीय अनिल राना, २२ वर्षीय संञ्जित  राना र २९ वर्षीय लोकेन्द्र खडायतलाई कारागार चलान गरिएको हो।

प्रहरीले अनुसन्धान कार्य पुरा गरी जिल्ला सरकारी वकिल कार्यालय कैलाली मार्फत कैलाली जिल्ला अदालत पेश गरेकोमा अदालतले तीनै जनालाई पुर्पक्षका लागी कारागार चलान गर्न आदेश दिएको हो। 

उनीहरुले भदौ २१ गते राती धनगढी वडा नम्वर ७ की एक किशोरीलाई आफूहरु प्रहरी भएको बताउँदै अपहरण गरी जवरजस्तीकरणी गर्न खोजेका थिए।

अपहरणकारीले प्रहरी भएको भनेपछि किशोरीका आफन्तले प्रहरीलाई खबर गरेका थिए। तर, प्रहरीले नियन्त्रण नलिएको थाहा भएपछि किशोरीको खोजी सुरु भएको थियो। तीनै जनाविरुद्ध अहरण, शरीर बन्धक र जबरजस्तीकरणी सम्बन्धी कसुरमा अनुसन्धान भएको थियो। 
 

कमेन्ट लोड गर्नुस