सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सैनिक अस्पताल सञ्चालन हुँदै

२०७६ असोज ९, ०२:५१ खबर संवाददाता

धनगढीमा यसै बर्षदेखि सैनिक अस्पतालको निर्माण सुरु भएको छ। धनगढी स्थित नेपाली सेनाको बोराडाँडी ब्यारेकको हातामा सैनिक अस्पताल निर्माण सुरु गरिएको हो।

‘सेनाको कल्याणकारी कोष र नेपाल सरकारको सयुक्त लगानीमा एक बर्ष भित्रै २५ शैयाको अस्पताल सञ्चालन गर्ने लक्ष्य रहेको छ,’ नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेयले भने, ‘भवन निर्माणको काम सुरु भईसकेको छ, २०७७ सालको सेना दिवसको दिन उद्वघाटन गर्ने तयारी छ।’ 

अस्पतालमा स्त्रीरोग, बालरोग, फिजियोथेरापी, दन्त, सामान्य चिकित्सा, शल्यक्रिया लगायत सेवा पनि उपलब्ध हुने उनले बताए। अस्पतालले आकस्मिक कक्ष सबैका लागि तथा बहिरङ्ग र अन्य सेवा भने सैनिक र तिनका परिवारका लागि उपलब्ध गराइने जनाएको छ।

सो अस्पताल निर्माणपछि सुदूरपश्चिम प्रदेशका सैनिक र तिनका परिवारको स्वास्थ्योपचारमा सहज पहुँच हुने अपेक्षा गरिएको छ। काठमाडौँ बाहिर यसअघि नेपालगञ्जमा सैनिक अस्पताल सञ्चालन भईसकेको छ भने इटहरी र पोखरामा यसै बर्ष उद्वघाटन गर्ने तयारी रहेको छ। 
 

कमेन्ट लोड गर्नुस